प्रेस विज्ञप्ति: वलय सुर्यग्रहण, असार ७, २०७७

मिति:जेठ ३२, २०७७
प्रेस विज्ञप्ति
वलय सुर्यग्रहण, असार ७, २०७७

नेपाली समय अनुसार असार ७ गते लाग्ने वलय सुर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ। प्रदेश१ बाट सन् १९६५ नोभेम्बर २३ तारिख विहान देखिएको वलय सुर्यग्रहण हेर्न नेपालले सन् २०६४ फेब्रुअरी १७ सम्म कुर्नुपर्ने छ जुन प्रदेश१ को दक्षिणपूर्वी भूभागबाटै देखिनेछ।

असार ७ गते तदनुसार जुन २१ तारिखका दिन नेपालबाट देखिने खण्डग्रास सुर्यग्रहणका लागि देशका विभिन्न स्थान तथा हाम्रो कार्यालयमा विशेष व्यवस्थाको तयारी भएको भएपनि कोभिड१९ महामारीका कारण हाम्रो युट्युब च्यानलमार्फत प्रत्यक्ष प्रसारणको तयारी गरिरहेको जानकारी गराउन चाहन्छौं।


प्रत्यक्ष प्रसारणको अग्रिम सुचनाको लागि हाम्रो युट्युब च्यानल (www.youtube.com/NASONepal) सब्स्क्राईब गर्नुहुन सम्पूर्ण ग्रहणप्रेमी महानुभावहरुमा अनुरोध गर्दछौं।


नेपालका संघीय तथा प्रादेशिक राजधानीको लागि ग्रहणको समय:

राजधानी
सुरु समय
मध्य समय
अन्त्य समय
अत्यधिक ग्रहण (प्रतिशतमा)
काठमाडौँ
१०:५३:५८
१२:४१:०२
१४:२४:३५
८५.९४
बिराटनगर
१०:५८:४५
१२:४७:०४
१४:२९:२९
८०.६४
जनकपुर
१०:५५:०१
१२:४२:५०
१४::२०
८१.८९
हेटौडा
१०:५२:५२
१२:३९:५८
१४:२३:५५
८४.९०
पोखरा
१०:५०:४५
१२:४१:५९
१४:२१:१४
८८.२५
बुटवल
१०:४८:५०
१२:३५:०६
१४:२०:०२
८६.३७
विरेन्द्रनगर
१०:४५:२४
१२:३०:१८
१४:१५:४२
९०.३५
धनगढी
१०:४२:४६
१२:२६:५२
१४:१२:४२
९१.६२

वैज्ञानिक मूल्य र मान्यता अनुसार सुरक्षित तरिकाले सुर्यग्रहण हेर्दा कुनै किसिमको हानी नोक्शानी नगर्ने कुरा यसै प्रेस विज्ञप्ति मार्फत सम्पूर्ण नेपाली जनतामा जानकारी गराउन चाहन्छौं।ग्रहण सम्बन्धि थप केहि जिज्ञाशा भए हाम्रो कार्यालयमा सम्पर्क गर्न अनुरोध गर्दछौ।

धन्यवाद,
सुरेश भट्टराई

नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो)
(www.nepalastronomicalsociety.org)
नेपाल जनसम्पर्क संयोजक
इन्टरनेसनल एष्ट्रोनोमिकल युनियन (आई..यु.)
(www.iau.org/public/)

Source: New feed

Would you like to be our member?

JOIN NOW